हुलाकी न्यूज, जनकपुरधाम, १४ कार्तिक । जनकपुरमा शनिबार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक बस्दैछ । मोर्चाका शिर्षस्थ नेताहरुको बैठकमा सरकारसँग भएको वार्ताको समिक्षा गरिनेछ ।
बैठकमा आन्दोलनको बैठकमा आन्दोलनको समिक्षा गर्दैभावी रणनीति पनि बनाइने भएको छ । त्यस्तै आन्दोलनमा अन्तर्राष्ट्रिय भूमिका र समर्थनका बारेमा पनि छलफल हुने भएको छ ।
शनिबारको बैठकले सरकारी टोलीसँगको वार्ताको बारेमा पनि केही निष्कर्ष निकाल्ने आशा गरिएको छ । आईतबार मधेशी मोर्चा र सरकारी वार्ता टोलीबीच वार्ता हुँदैछ ।



