हुलाकी न्यूज, सिराहा :  डा. सि के राउतको नेतृत्वको जनमत पार्टी- सिरहाको मिर्चैया नगरपालिकाका सबै वडामा वडा स्तरीय पार्टी अधिबेशन सम्पन्न भएको छ ।

मंसीर २४ गते बुधबार वडा नं. – ९ मा भएको अधिबेशनबाट राजेश कुमार साह को अध्यक्षतामा ११ सदस्यीय समिती गठन गरिएको छ। साथै ती वडा अन्तर्गतका टोलहरुमा समेत टोल समिती समेत गठन गरिएको छ।

यससंगै सिराहा जिल्लामा जनमत पार्टीले १०१ वटा वडाहरुमा आफ्नो वडा अधिवेशन सम्पन्न गरिसकेको छ‌।

मिर्चैया वडा नं. ९ को अधिवेशन कार्यक्रममा प्रमुख अतिथिका रुपमा जनमत पार्टी सिरहाका जिल्ला ईन्चार्ज तथा जिल्ला अधिवेशन समिति संयोजक बिजय साह, बिशिष्ट अतिथिमा NRMA तथा जनमत पार्टी बिदेश विभाग सदस्य निर्मल मण्डल, अतिथिहरु – मिर्चैया नपाका नगर इन्चार्ज पटवारी ठाकुर, वडा नं. २ कमिटी अध्यक्ष – सुरेश चौधरी , वडा नं. ५ कमिटी अध्यक्ष – कारीराम पासवान, युवा नेताहरु – वलराम सेवक, रंजित साह, रबिन्द्र ठाकुर लगायत जिल्लाभरीबाट उल्लेख्य संख्यामा नेता तथा कार्यकर्ताहरूको उपस्थिती थियो।

कार्यक्रममा आफ्नो मन्तब्य राख्दै जिल्ला इन्चार्ज विजय साहले – बिगत ७० बर्ष देखि संघर्षरत रहेको मधेशी समुदायका हजारौं वीर सपुतहरुले बलिदान दिए पनि भ्रष्ट नेताहरुको ब्यक्तिगत स्वार्थका कारण जनताले संधैं धोका मात्र पाएको भन्दै अबको एक मात्र विकल्प जनमत पार्टी रहेको र जनमत पार्टीले नै मधेशी जनताको न्यायोचित हक अधिकार सुनिश्चित गर्न सक्ने बताए ।

यसैगरी जपाका नेता एवं बिदेश विभाग सदस्य निर्मल मन्डलले – वर्तमान अवस्थामा प्रायः सबै वडा तथा पालिकामा पुराना ढर्राका बिचार बोकेका पार्टी नेतृत्वको स्थानिय सरकार रहेको र तिनका कुनै ठोस भिजन नभएको कारण कुनै एक वडालाई पनि नमुना वडा को रुपमा विकास गर्न नसकेको आरोप लगाए ।

आउंदा दिनमा मधेशमा त्यस्ता भिजन विहिन, सिद्धान्त र नैतिकताहीन पार्टीहरुको अस्तित्व संकटमा पर्न लागेको उनले बताए ।

त्यसैगरी आफनो मन्तव्य राख्दै मिर्चैया नगरकमिटी इन्चार्ज पटवारी ठाकुरले – आगामी समयमा सबै मधेशी एक ढिक्का भई जनमत पार्टी नेतृत्वमा मधेशी संघर्षलाई अगाडी बढाएमा मात्र मधेशीले आफ्नो राजनितिक, आर्थिक, सामाजिक लक्ष्य प्राप्त गर्न सक्ने उनले बताए।

कार्यक्रम समापन पश्चात हुलाकी न्यूजसंग कुराकानी गर्दै मिर्चैया नगर इन्चार्ज ठाकुरले नगरपालिकाका १२ वटै वडामा अधिबेशन सम्पन्न भैसकेको र प्रत्येक वडामा नेतृत्व गर्नेहरुमा क्रमस: वडा नं १ को कमिटी अध्यक्षमा श्रीमती रूपमा देवी साह , वडा नं २ मा सुरेश चौधरी, वडा नं ३ मा विनेश कुमार यादव,वडा नं ४ मा दिलिप सिंह, वडा नं ५ मा कारि राम पासवान, वडा नं ६ मा मुकेश यादव,वडा नं ७ मा श्रीराम ठाकुर,वडा नं ८ मा कमल ठाकुर,वडा नं ९ मा राजेश कुमार साह,वडा नं १० मा किशोरी साह,वडा नं ११ मा नागेन्द्र प्र.यादव र वडा नं १२ मा धिरज कामती रहेका छन‌।

सबै वडामा अधिबेशन सम्पन भैसकेकोले चाडै नगरपालिका को नगरअधिवेशन गर्ने गरि तैयारी भैरहेको नगर इन्चार्ज ठाकुरले जानकारी दिए ।

आजभोली मधेशका सबैजसो जिल्लाहरूमा जनमत पार्टीको स्थानिय पालिका स्तरीय अधिवेशन भई स्थानिय स्तरमा संगठन विस्तारको काम तिब्र गतिमा चलिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.