हुलाकी न्यूज,काठमाडौं : संयुक्त राज्य अमेरिकामा पछिल्लो चौबीस घण्टामा महामारी सुरु भए यता अहिलेसम्मकै सबैभन्दा बढी ब्यक्तिको कोरोना सङ्क्रमणले ज्यान गएको छ।
पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका तीन हजार ५४ जना सङ्क्रमितको मृत्यु भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार यसअघि गत् मई सातमा हालसम्मकै सबैभन्दा बढी दुई हजार ७६९ जनाको मृत्यु भएको थियो। कोभिड ट्रयाकिङ परियोजनाका अनुसार अमेरिकामा एक लाख छ हजार सङ्क्रमित हाल अस्पतालमा उपचारार्थ छन्। राज्य स्तरको कतिपय अस्पतालहरुमा अझै सङ्क्रमित भर्ना गर्ने क्षमता छैन्। स्वास्थ्य अधिकारीहरुले मापदण्ड र सतर्कताको उपयुक्त पालना नभए आगामी साताहरुमा अझै विकराल अवस्था निम्तिने चेताबनी दिएका छन्।अमेरिकामा हालसम्म एक करोड ५० लाख ब्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । दुई लाख ८९ हजारको मत्यु भएको छ।




