हुलाकी न्यूज, जनकपुरधामः प्रदेश नम्बर २ मा कर्मचारी भर्ना प्रक्रिया सुरु भएको छ। प्रदेश लोकसेवा आयोगले कर्मचारी भर्नाका लागि पहिलो विज्ञापन जारी गरेको छ।
प्रदेश मन्त्रिपरिषदको २०७७ असोज १२ गतेको निर्णयअनुसार प्रदेश लोकसेवा आयोगले प्राविधिक क्षेत्रको विज्ञापन विहीबार जारी गरेको छ। आयोगले विज्ञापन पहिलो विज्ञापन जारी गरेसँगै अन्य निकायमा पनि कर्मचारी भर्नाको बाटो खुलेको छ।