हुलाकी न्यूज, काठमाडौंः कम्युनिष्ट आन्दोलनका सहिद रामबृक्ष यादव (मास्टर साहाब)को महोत्तरी बर्दिवास ११ स्थित खैरमारामा रहेको सालिक भत्काइएको छ।
नेकपाका नेता एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलकै योजना अनुसार सहिद यादवको सालिक भात्काइएको मन्त्री पोखरेलद्वारा जारी विज्ञप्तिबाट प्रष्ट भएको छ।
सहिद निर्मल लामाको नाममा शिक्षालय स्थापनाका लागि सहिद यादवको सालिक भत्काइएको मन्त्री पोखरेलले जनाएका छन्।
सहिद यादवको सालिक भत्काइएकोमा नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले आक्रोस व्यक्त गरेका छन्।
हुलाकी न्यूजसँग अध्यक्ष साहले भने,‘रामबृक्ष कमरेडको सालिक भत्काएर उहाँलाई अपमानित गर्न खोजिएको छ। कुनै पनि हालतमा त्यो एतिहाँसिक भूमिबाट सालिक हटाउनु भएन।’
सहिद यादवको सालिक रहेको शिक्षालयको नाम ‘सहिद रामबृक्ष यादव शिक्षालय’ राख्नु पर्ने माग गर्दै अध्यक्ष साहले भने,‘विवाद उत्पन्न हुन नदिन सहिद निर्मल लामाको नाममा पनि योजना बनाइएयोस् तर रामबृक्ष कमरेडलाई अपमानित नगरियोस्।’
यसअघि मंगलबार साँझ नै समाजिक सञ्जालमार्फत सहिद यादवको सालिक भत्काइएकोमा अध्यक्ष साहले पार्टी नेतृत्वको ध्यानाकषर्ण गराउँदै सरकारी निर्णय बदरको माग गरेका थिए।
यता अध्यक्ष साहसहित जनयुद्धसँग जोडिएका नेताहरुले आक्रोस व्यक्त गरेपछि मन्त्री पोखरेलले बुधबार विज्ञप्ति जारी गरी सालिक भत्काइएको विषयमा स्पष्ट पार्न खोजेका छन्।
मन्त्री पोखरेलले सहिद यादवको सालिक यादवकै पैतृक गाउँ धनुषाको बरमझियामा लग्नका लागि भत्काइएको जनाएका छन्।
यस्तो छ जनमोर्चा र मोआवादीको विवाद
कम्युनिष्ट पार्टीहरु विभाजनको विभिन्न आरोह अबरोह पार गर्दै जाँदा सहिद रामबृक्ष यादव प्रचण्ड समूहका सशक्त नेता थिए। त्यहीँ सहिद निर्मल लामा जनमोर्चा समूहका नेता थिए।
पार्टी एकीकृत हुँदा आन्तरिक संघर्ष र अलग हुँदा प्रत्यक्ष संघर्ष दुबै समूहमा हुनु स्वभाविक थियो।
त्यसबेला गिरिराजमणि पोखरेल निर्मल लामा समूहका विद्यार्थी नेता थिए।
अहिले गिरिराजमिण पोखरेल शिक्षा मन्त्री छन् र उसले निर्मल लामासँग गरेको संघतको गुण चुकाउन रामबृक्ष यादवको सालिक भत्काई लामाको नाममा शिक्षालय स्थापना गरेका छन्।
मन्त्री पोखरेलले सहिद यादवको सालिक भत्काई निर्मल लामाको नामबाट स्थापना गर्न लागेको स्थान शहीद रामबृक्ष यादवको नामसँग जोडीएको जनमुक्ति सेना नेपाल, रामवृक्ष यादव स्मृति ब्रिगेडको कार्यालय रहेको थियो।
[…] नेकपाकै मन्त्रीले भत्काए सहिद रामबृक… […]