हुलाकी न्यूज,काठमाडौं : भारतको आन्ध्र प्रदेशस्थित पश्चिम गोदावरी जिल्लाको एलुरु शहरमा एक रहस्यमय रोग देखा परेको छ।
करिव तीन लाख जनसंख्या भएको उक्त शहरमा यो रोगले शनिवार बेलुकादेखि ५ सय बढीलाई बिरामी बनाएको र एक जनाको मृत्यु पनि भइसकेको बताइएको छ।
ती सबै व्यक्तिमा एउटै किसिमको लक्षण देखिएको र ति मानिसहरुलाई छारे रोग लागेजस्तै हुने गरेको साथै बेहोस भइरहेको पनि बताइएको छ। तर यो रोगबाट मानिसहरु चाँडै निको भईरहेका बताइएको छ।
प्रभावित ५१० मानिसमध्ये ४३० जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।




