हुलाकी न्यूज,काठमाडौँ  : नेपालका प्रत्येक दुई घरपरिवारमध्ये एक इन्टरनेटको पहुँचमा रहेको पाइएको छ। केन्द्रीय तथ्याङ्क विभागले  सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण २०७५÷७६ प्रतिवेदनले प्रत्येक दुईमध्ये एक जना घरपरिवारसँग अर्थात् कुल घरपरिवारमध्ये ५१.१ प्रतिशतले कुनै उपकरणबाट इन्टरनेट प्रयोग गरेको पाइएको उल्लेख गरेको छ।

इन्टरनेट प्रयोगकर्तामध्ये १५ देखि ४९ वर्ष उमेर समूहका महिलामध्ये ७९.३ प्रतिशत महिलासँग आफ्नै मोबाइल फोन रहेको तथ्य पनि सर्वेक्षणले पत्ता लगाएको छन्। त्यस्तै ९२.४ प्रतिशत महिलाले गत तीन महिनामा मोबाइल प्रयोग गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ।

यसमध्ये पनि सहरी क्षेत्रका महिलामध्ये ८१.८ प्रतिशतसँग आफ्नै मोबाइल फोन रहेको छ भने ग्रामीण क्षेत्रका ७३.६ प्रतिशतसँग आफ्नै मोबाइल रहेको तथ्य प्रतिवेदनमा उल्लेख छ। सहरी क्षेत्रका महिलामध्ये ९३.५ प्रतिशत र ग्रामीण क्षेत्रका ८९.९ प्रतिशतले विगत तीन महिनामा मोबाइल प्रयोग गरेको पाइएको छ।

आफ्नै मोबाइल रहेका सो उमेर समूहका महिलामध्ये सबैभन्दा धेरै गण्डकी प्रदेशका ९१.८ प्रतिशतसँग मोबाइल रहेको पनि सर्वेक्षणले देखाएको छ। सबैभन्दा कम कर्णाली प्रदेशका ७१.८ प्रतिशतसँग मात्र आफ्नो मोबाइल रहेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनले यो समूहका १४ हजार आठ सय पाँच महिलालाई सर्वेक्षणमा सहभागी गराएको थियो। त्यसमध्ये गण्डकी प्रदेशका एक हजार २५७ र कर्णाली प्रदेशका ७९८ जना महिला सहभागी रहेको उल्लेख छ । सर्वेक्षणमा सहभागी दुई हजार ११४ काठमाडौँ उपत्यका क्षेत्रका यही उमेर समूहका महिलामध्ये ९५.४ प्रतिशतसँग आफ्नै मोबाइल रहेको तथ्याङ्क पनि प्रतिवेदनले सार्वजनिक गरेको छ।
सोही उमेर समूहका पुरुषमध्ये ९१.४ प्रतिशतसँग आफ्नै मोबाइल फोन रहेको पाइएको छ । गत तीन महिनामा ९६.८ प्रतिशत पुरुषले मोबाइल प्रयोग गरेको देखिएको छ। यसमध्ये पनि सहरी क्षेत्रका ९३ प्रतिशत र ग्रामीण क्षेत्रका ८७.५ प्रतिशतले आफ्नै मोबाइल फोन प्रयोग गरेको पाइएको छ। विभागले यो सर्वेक्षणमा सबै प्रदेशसहित पाँच हजार ५०१ जना पुरुषलाई सहभागी गराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.