हुलाकी न्यूज,काठमाडौँ :  त्रिभुवन विश्वविद्यालयले पीएचडी, एम.फिल र गोल्ड मेडल प्राप्त विद्यार्थी मात्रै सहभागी गराएर यसपटक दीक्षान्त समारोहको आयोजना गर्नेछन् । (कोभिड–१९)को सङ्क्रमणका कारण माथिल्लो तहका विद्यार्थी र विभिन्न विषयमा गोल्ड मेडल प्राप्त विद्यार्थीको उपस्थितिमा मात्रै दीक्षान्त समारोह गर्ने निर्णयमा विश्वविद्यालय गरेको छन्।

विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले दीक्षान्त समारोहमा यसपटक पीएचडी, एम.फिल र गोल्ड मेडल प्राप्त विद्यार्थी गरी करिब दुई सय जनाको सहभागितामा दीक्षान्त समारोह गरिने जानकारी दिए ।

पुस ६ गते विश्वविद्यालयको ४६औँ दीक्षान्त समारोह आयोजना गरिँदैछ।

दीक्षान्त समारोहमा यसपटक स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थी सहभागी हुन पाउने छैनन् । पुस ६ गतेको औपचारिक कार्यक्रम सकेपछि पुस ७ गतेबाट स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीलाई शैक्षिक उपाधि वितरण गरिने कार्यक्रम रहेको छ।

दीक्षान्त समारोहमा सहभागिताका लागि यसपटक सात हजार ८७ जना बढी विद्यार्थीले आवदेन दिए पनि कोरोना भाइरस सङ्क्रमणको अवस्थाका कारण सबैलाई सहभागी गराउन सकिने अवस्था नभएको जनाइएको छ।

स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीलाई छ÷सातवटा काउन्टर बनाएर शैक्षिक उपाधि वितरण गरिने योजना छ । विद्यार्थी विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुने पोसाकमै सजिएर प्रमाणपत्र लिनेछन तर औपचारिकता गरिने छैन। तीन चार दिनमा सबै तहका प्रमाणपत्र वितरण गरिसक्ने गरी व्यवस्था मिलाइएको जनाइएको छ। यसपटक सबै विद्यार्थीलाई दीक्षान्त समारोहमा सहभागी गराउन नसके पनि त्रिविले टेलिभिजनबाट दीक्षान्त समारोहका प्रत्यक्ष प्रसारण गर्ने भएको छ। जुम प्रविधिबाट गर्न व्यावहारिक हिसाबले समस्या भएका कारण फरक खालको मोडालिटीमा कार्यक्रम गर्ने योजना बनाइएको जानकारी परीक्षा नियन्त्रक जोशीले दिनुभयो ।

विश्वविद्यालयले दीक्षान्त समारोह त्रिविकै केन्द्रीय परिसरको भवनमा गर्ने भएको छ । यसअघि धेरै विद्यार्थी सहभागिता हुने भएकाले त्रिविको पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानको परिसरमा दीक्षान्त समारोह गर्ने गरिएको थियो । त्रिविको गत वर्षको दीक्षान्त समारोह पनि सोही परिसरमा गरिएको थियो जसमा १० हजार ३८४ जनाले दीक्षान्तमा प्रत्यक्ष सहभागिता जनाएका थिए । गोरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.