
हुलाकी न्यूज, मलेसिया: विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ(एनआरएमए)को सहयोगमा मलेसियाको जेलबाट तीन जना मधेशी रिहा भएका छन्।
सुनसरी, पर्सा र महोत्तरीबाट बैदेशिक रोजगारमा गएका उनीहरु विभिन्न कारणले जेलमा परेका थिए।
महोत्तरीका राजु मुखिया, पर्सा पोखरियाका रंजित साह गोध र सुनसरी कोशीका राजेश कुमार यादवलाई एनआरएमएले रिहा गराएको अन्तर्राष्ट्रिय समितिका अध्यक्ष बसन्त कुशवाहाले जानकारी दिए।
रिहा भएकाहरु विहीबार नेपाल फर्किएका छन्।
उनीहरुको रिहाईका प्रक्रियामा सहयोग गर्ने मलेसियामा रहेका एनआरएमएका सदस्यहरु, स्थानीय प्रहरी, वकिल तथा नेपाली दूतावासका कर्मचारीहरुले महत्वपूर्ण भूमिका खेलेको जनमत पार्टीका विदेश विभाग प्रमुख समेत रहेका कुशवाहाले जनाए।
एनआरएमए मलेसियाका अध्यक्ष सिकिंद्र यादव, उपाध्यक्ष दीपक गुप्ता, अरुण यादव, महासचिव रबिन्द्र यादव, कोषाध्यक्ष प्रमोद साहसहितका सदस्यहरुलाई अध्यक्ष कुशवाहाले धन्यवाद दिए।



