हुलाकी न्यूज,सप्तरी : तीन बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका एक युवकमाथी प्रहरीले बाल यौन दुरुपयोग अन्तरगत कारवाही प्रक्रिया अघि बढाएको छ।
सप्तरीको कंचनरुप नगरपालिका ११ निवासी २४ वर्षिय दिपक गाइनले पिकनिक गएका बेला घाँस काट्दै गरेका तीन बालिकालाई एकान्त स्थलमा लगि यौन दुव्र्यवहार गरेका थिए । गाइनलाई बाल यौन दुरुपयोग शिर्षक अन्तरगत मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय कंचनपुरका डिएसपी नरेश कुमार सिंहले जानकारी दिए।
घटनास्थल कंचनरुप नगरपालिका १२ स्थित धारापानीबाट पक्राउ परेका गाइनलाई सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई उक्त शिर्षक अन्तरगत मुद्दा प्रक्रिया अघि बढाइएको उनको भनाई छ ।
पीडित ६, ७ र ८ वर्षिया बालिकाको स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा स्वास्थ्य परिक्षण सकिएपछि अभिभावकको जिम्मा लगाइएको छ।
पिकनिक मनाउने क्रममा धारापानी पुगेका गाइनले घाँस काट्दै गरेकी ती बालिकाहरुलाई ललाईफकाई शरीरका संवेदनशिल अंग छुनुका साथै जरबजस्ती गर्न खोजेको प्रहरीको भनाई छ ।
यौन दुव्र्यवहार गर्न लाग्दा बालिकाहरु चिच्याएपछि दाउरा काट्न जंगल पुगेका केही स्थानियहरुले देखेर प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरी टोलीले गाइनलाई नियन्त्रणमा लिएको थियो ।