हुलाकी न्यूज, जनकपुरधामः
आइतबार(आज) शिक्षा विकास तथा समन्वय इकाई धनुषाको प्रशासन फाँटका सरुवा भइसकेका कर्मचारी जयराम यादवको अगाडि पछाडी दर्जनौं शिक्षकहरु दौडिदै थिए । कारण थियो, काज सरुवा, दरबन्दी मिलान, राहत शिक्षकको समस्या लगायत।

समन्वय इकाइमा यादवको पछाडि शिक्षकहरु दौडी रहँदा कार्यालय प्रमुख इश्वरीप्रसाद ज्ञवालीको कोठा खाली जस्तै थियो।
यादवले सेट्टिगं गरेका शिक्षकहरुको फाइल कार्यालय प्रमुख ज्ञवालीले कानेखुशी गरी मिलाउँदै थिए।

आर्थिक चलखेलका आधारमा शिक्षकहरुको काज सरुवा र प्रतिस्थापन भइरहेको विवाद चलिरहँदा सरुवा भइसकेका यादवले धमाधम काम गर्दै थिए । यादवले कागजमा गरेको खेसराका आधारमा कार्यालय प्रमुख ज्ञवालीले काज सरुवा मिलाउँदै थिए।

२०७७ असोज ३१ गते यादवको सुरुवा भइसकेको छ। तर, हालसम्म पनि उनी समन्वय इकाई धनसषा मै बसेका छन्।
सरुवा भइसकेका यादवलाई हालसम्म रवाना किन नदिएको भन्ने प्रश्नमा कार्यालय प्रमुख ज्ञवालीले हुलाकी न्यूजसित भने,‘उहाँ यो महिनाको तलब खाएर जानु हुन्छ।’

कर्मचारी यादवमाथि लागेको आर्थिक अनियमितताको विषयमा ज्ञवालीले आफू अनभिज्ञय रहेको बताए।

यादवले सरुवा भएर जानुको साटो शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवलाई भनसुन गराएर सरुवा रोक्न आर्थिक चलखेल थालेको आरोपसमेत लागेको छ। यादवले सरुवा रोक्न नेकपाका केही नेतालाई आर्थिक प्रलोभनमा पारेका छन्।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको असोज ३१ गतेको निर्णय अनुसार यादवको शिक्षा विकास तथा समन्वय इकाई सप्तरी सरुवा भएको छ । सरुवा भएका यादव सप्तरी नजान राजनीति, जातीय र आर्थिक चलखेलमा लागेको शिक्षा विकास तथा समन्वय इकाई धनुषाका कर्मचारी बताउछन्।

यता यादवले हुलाकी न्यूजसँग कुराकानी गर्दै आफूमाथि लागेका आरोपहरु झुठो रहेको दाबी गर्दै रवाना लिएर जान तयार रहेको बताए । तर, कार्यालयबाट रवाना नपाएको उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.