हुलाकी न्यूज, वीरगंज, १३ कार्तिक । मधेश आन्दोलनमा समर्थन जनाउँदै शुक्रबार पनि विभिन्न पेशागत संघसंगठनले वीरगंजमा जुलुस प्रदर्शन गरेका छन् । शुक्रबार बिहान ८ बजे मधेशी बुद्धिजिवी पेशागत समुहसँग आबद्ध प्राध्यापक, शिक्षक, कानुन व्यवसायी, ईन्जिनियर, चिकित्सकलगायतका अन्य पेशाकर्मीहरुले जुलुस निकालेका हुन् । संयौको संख्यामा प्रदर्शनकारीको उपस्थिति रहेको दबाब वीरगंजको घण्टाघरबाट सुरु भएको थियो । जुलुस माईस्थान मेनरोड, आर्दशनगर चौक, घडीअर्वा, गिता मन्दिर हुँदै घण्टाघरमा आई कोणसभामा परिणत भएको थियो ।

कोणसभामा प्राधापक लक्ष्मण साह, नेपाल बार एसोसिएशन पर्साका पुर्व अध्यक्ष अधिवक्ता सुधिर कुमार कर्ण, अधिवक्ता शैलेन्द्र चौैरसियालगायतकाले मन्तव्य राखेका थिए ।

त्यस्तै बिहिबार बेलुका ७ बजे मधेशी बुद्धिजिवी पेशागत समूहले वीरगंजको घण्टाघरमा कार्यक्रम आयोजना गरी मधेश आन्दोलमा सहिद भएका हरुलाई श्रद्धाञ्जली अर्पण गरेको थियो । घण्टाघरमा मैनबती प्रज्जवलित गरी विर मधेशी सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको समूहले जनाएको छ ।

madheshi biddhijibi peshagat samuha2

madheshi buddhijibi peshagat samuha3

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.