हुलाकी न्यूज,काठमाडौँ : वैज्ञानिकले पहिलो पटक अन्तरिक्षमा मूला फलाएको छ।
यसलाई सन् २०२१ मा धर्तीमा ल्याइनेछ। नासाकी अन्तरिक्षयात्री तथा फ्लाइट इन्जिनियर केट रुबिन्सले पहिलो पटक इन्टरनेशनल स्पेश स्टेशनमा फलाइएको मूला उखेलेकी हुन् । केटलाई २० वटा मूलालाई प्याक गरेर सन् २०२१ मा पृथ्वीमा ल्याउनका लागि कोल्ड स्टोरेजमा राखेकी छिन्।
नासाले ट्वीटरमा यसबारे जानकारी दिएकी हुन् । नासाले यो परीक्षणको नाम प्लान्ट हेबिटेट–०२ राखेको छ । स्पेस स्टेशनमा फलाउनका लागि मूला नै यसकारण रोजियो किनभने वैज्ञानिकलाई विश्वास थियो कि यो २७ दिनमा तयार हुनेछ । यहाँ फलाइएको मूलामा पोषक तत्व पनि छन् र यो खान लायक पनि छ।
इन्टरनेशनल स्पेस स्टेशनको ट्वीटरमा दिइएको जानकारी अनुसार अध्ययनका लागि मूला प्रयोग गर्नुको कारण यो पौष्टिक तत्वले भरिपूर्ण हुन्छ र यो तीब्र गतीमा फल्ने गर्छ ।