हुलाकी न्यूज,काठमाडौं : नेपाली राष्ट्रिय टोलीका खेलाडीको समेत सहभागिता रहने गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता मंसिर अन्तिम साता आयोजना हुने भएको छ।

 

 

बागमती प्रदेश क्रिकेट संघको आयोजनामा हुने प्रतियोगिता मंसिर २७ देखि ३० गतेसम्म सञ्चालन हुनेछ।

आयोजक प्रदेश संघले शनिबार एक विज्ञप्ति निकाल्दै कोरोना महामारीको असहज अवस्था भए पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै प्रतियोगिता आयोजना गर्न लागेको बताए। प्रतियोगिताका खेलहरू चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ।

तीन टोलीको सहभागिता रहने प्रतियोगितामा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका खेलाडी र अन्य घरेलु क्रिकेट खेलाडीको समेत सहभागिता रहनेछ।

प्रतियोगिता टीट्वेन्टी प्रणालीका आधारमा खेलाइने आयोजकले जनाएको छ।

नेपाल क्रिकेट संघको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितालाई बागमती प्रदेश र भरतपुर महानगरपालिकाले आर्थिक सहयोग गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.