हुलाकी न्यूज, जनकपुरधामः
अमेरिकामा रहेका मधेशीहरुको संस्था एशोशिएशन आफ तराईयन इन अमेरिका (एन्टा)ले जनकपुरधाममा राहत वितरण गरेको छ।

जनकपुरधामस्थित रेल्वे स्टेशन एरियामा कोरोनाका कारण प्रभावित परिवारलाई राहत वितरण गरिएको एन्टाले जनाएको छ।

जनता समाजवादी पार्टी (जसपा)का नेता एवं प्रदेश सभा सदस्य परमेश्वर साहलाई प्रमुख अतिथि बनाइ राहत वितरण भएको छ। जसमा अधिकांश जसपाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

राहतमा खाद्यान्न र जाडो छल्न कपडा वितरण गरिएको हो।

एन्टाले आर्थिक सहयोग संकलन गरी तराई–मधेशमा हुने विपद्लगायतका कार्यमा वितरण गर्ने गरेको छ।

जसपा नेता परमेश्वर साह राहत वितरण गर्दैः तस्बीरहरु अपराजिता झाको पेजबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.