सन्तोष पटेल, वीरगंज, १३ कार्तिक । तराई मधेश सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष एव पुर्वमन्त्री महेन्द्र राय यादवले सरकारले जारी मधेश आन्दोलनलाई भारतसँग जोडेर बदनाम गर्ने फोहरी खेल खेलिरहेको आरोप लगाएका छन् ।

वीरगंजमा शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै यादवले मधेशको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताउँदै २२ र ८ बुँदे सम्झौता कार्यान्वयन गर्नतर्फ सरकार गम्भिर नभएको आरोप पनि लगाए । जारी मधेश आन्दोलनलाई बदनाम तथा तुहाउने फोहोरी खेलमा सरकार पक्षधर एवं ठूला पार्टीहरु लागिपरेको उनले बताएका छन् ।

सरकारको विरुद्धमा भइरहेको आन्दोलनमा छिमेकी मुलुक चीनले सरकारलाई मद्दत गर्ने कार्य मधेशी जनताको भावना विपरित भएको यादवको भनाई छ ।

अध्यक्ष यादवले मधेश आन्दोलन मधेशीहरुको स्वभीमान, पहिचान र अधिकारको आन्दोल भएको बताउँदै ठूला दलका नेता एवं राजधानीबाट संचालित मिडियाहरुले आन्दोलनलाई भारतसँग जोडेर बदनाम गर्ने चलखेल गरिरहेको दाबी गरेका छन् । सरकारले राजनीतिक समस्याको समाधान गर्नुको सट्टा षड्यन्त्र गरिरहेको आरोप लगाउँदै उनले वार्ताको नाममा नौटंकी मात्र गरिरहेको बताएका छन् ।
पत्रकार सम्मेलनमा तराई मधेश सद्भावना पार्टी केन्द्रिय सदस्य रमेश यादव, पर्सा जिल्ला अध्यक्ष पे्रमचन्द कुशवाहा, सचिव श्रीराम गिरी, जिल्ला नेताहरु मनोज मेहता, नरेश पटेल, लक्ष्मण प्रसाद साह, विजय पटेल, विपिन यादव, मनोज पटेल, धर्मराज कुशवाहा लगायतकाको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.