हुलाकी न्यूज, रुपन्देही :

डा. सिके राउत नेतृत्वको जनमत पार्टी, रुपन्देहीले जिल्ला स्तरीय नेता-कार्यकर्ताका लागी नेतृत्व बिकास प्रशिक्षण कार्यक्रम संपन्न गरेको छ ।

जिल्लाको स्थानिय तहमा पार्टी नेतृत्व सक्षम बनाउनका लागी भन्दै मंसीर १९ गते लुम्बिनी सांस्कृतिक नगरपालिका, महिलवारमा सो नेतृत्व बिकास प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रमुख प्रशिक्षकका रुपमा कार्यक्रमका प्रमुख अतिथी एवं जनमत पार्टीका केन्द्रिय सदस्य भोपेन्द्र प्रसाद यादवले पार्टीको उद्देश्य, निती, रणनिती र पार्टीको अनुशासान बारे  बुझाउँदै आगामी दिनमा पार्टीका नेता कार्यकर्ता लाई आ-आफ्नो जिम्मेवारी इमान्दारी साथ निभाउनका लागी प्रोत्साहित गरेका थिए ।

त्यसैगरी नेतृत्व प्रशिक्षकका रुपमा पार्टी जिल्ला संयोजक रामकेश गुप्ताले संगठनमा नेतृत्वका लागी आवश्यक व्यक्तिगत गुण बारे चर्चा गरेका थिए । साथै, उनले पार्टीमा जो कोही इमान्दार र जिम्मेदारी पूर्वक कार्य गरेमा भविष्यमा आफ्नो भूमिका र स्थान आफै सृजना गर्न सकिने बताए ।

उक्त कार्यक्रममा जिल्ला सह-संयोजक चन्द्रशेखर सोनार, क्षेत्रीय इन्चार्ज सागर वर्मा, जिल्ला सह-सचिव कृष्ण कोहार, जिल्ला कोषाध्यक्ष संजय कुमार मिश्रा, लुसांनपा इन्चार्ज गोविन्द धवल सहित जिल्ला सदस्यहरु, गा.पा. / न.पा. का इन्चार्ज, जनमत पार्टी द्वारा चयन भएका सबै वडाका वडा अध्यक्ष लगायत जिल्लाबाट झन्डै डेढ सय नेता कार्यकर्ताको उपस्थिती थियो ।

कार्यक्रम पश्चात कुराकानीका क्रममा जिल्ला संयोजक रामकेश गुप्ताले पार्टीको जिल्ला गतिविधी बारे जानकारी दिंदै आजभोली दिनहुं जसो स्थानिय वडा र गापा स्तरमा अधिवेशन र संगठन विस्तारको काम तिब्र गतिमा भइरहेको बताए ।

हप्ताभरीको प्रमुख गतिविधी बारे समिक्षा गर्दा मंसीर १३ गते लुसांनपा को नगरपालिका स्तरीय बैठक सम्पन्न भएको थियो, भने १८ गते जिल्लाका प्रत्येक वडामा बैठक सम्पन्न भएको थियो र यसै क्रममा १९ गते नेतृत्व प्रशिक्षण कार्यक्रम आयोजना गरिएको उनले बताए ।

आगामी स्थानीय चुनावमा बाजी मार्ने रणनितीका साथ संगठन विस्तार गर्ने र पार्टी लाई मजबुत पार्ने काममा नेता-कार्यकर्ताहरु पूर्ण समर्पित भई लागेको प्रति जिल्ला संयोजक गुप्ताले सबैको प्रशंसा गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.