समितिले फाइभजी सेवाको फ्रिक्वेन्सीका लागि लो ब्याण्ड, मिड ब्याण्ड र हाई ब्याण्ड गरी तीन वटै ब्याण्डको फ्रिक्वेन्सी उपयोग गर्न सकिने निश्कर्ष निकालेको छ । जसअनुसार लो ब्याण्डमा ९०० मेगाहर्ज, १८०० मेगाहर्ज, २३०० र २६०० मेगाहर्ज ब्याण्ड फ्रिक्वेन्सी तय गरिएको छ।
त्यस्तै मिड ब्याण्डमा ३३०० मेगाहर्ज, ३४०० मेगाहर्ज, ३६०० मेगाहर्ज र ४७०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी पहिचान गरिएको छ। यसैगरी २६ गिगाहर्ज ब्याण्ड (हाई ब्याण्ड) को फ्रिक्वेन्सी समेत फाइभजीका लागि प्रयोग गर्न सकिने मञ्चको ठहर छ ।
समितिको निर्णयसँगै नेपालमा फाइभजी सेवाका लागि फ्रिक्वेन्सी वितरणको काम अगाडि बढ्नेछ । प्राधिकरणका बोर्ड सदस्य सिमणि चौलागाईंको संयोजकत्वमा गठित मञ्चले लो ब्याण्डमा १० देखि २० मेगाहर्ज, मिड ब्याण्डमा १०० मेगाहर्जसम्म र हाई ब्याण्डमा ८०० देखि १००० गिगाहर्जसम्म फ्रिक्वेन्सी उपलब्ध गराउन सकिने उल्लेख गरेको छ ।
मञ्चले फाइभजीका लागि विभिन्न ब्याण्डको फ्रिक्वेन्सी उपयोग गर्न सकिने गरी नियामकलाई गरेको सिफारिसको आधारमा प्राधिकरणले सञ्चार तथा सूचना प्रविधि मन्त्री अध्यक्ष रहेको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिमा स्वीकृतिका लागि पठाउने छ ।
सेवाप्रदायकले समितिबाट स्वीकृत ब्याण्डको फ्रिक्वेन्सीमा प्रविधि तटस्थताको नीति अनुरुप फाइभजी सेवा दिन सक्नेछन् ।




