हुलाकी न्यूज, लहान : जनमत पार्टीका नेता विष्णुदेव चौधरीको १३ औं पुण्यतिथिको अवसरमा जनमत पार्टीले रत्तदान कार्यक्रमको आयोजना गरेको छ।
सिरहाको लहान नगर समितिले नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रत्तदान कार्यक्रम गरेको जनमत पार्टीका नेता निर्मल मण्डलले जानकारी दिएका छन्।
नेता मण्डलका अनुसार पार्टीले समाजिक कार्य अन्तरगत र चौधरीको श्रद्धाञ्जली स्वरुप रत्तदान गरिएको हो। रत्तदान कार्यक्रममा विभिन्न व्यक्तिहरु सहभागी भएको उनले जनाए।
केही दिनअघि सवारी दुर्घटनामा परेका नेता चौधरीको उपचारको क्रममा निधन भएको थियो।