हुलाकी न्यूज, विराटनगर :  विराटनगरको नोबेल मेडिकल कलेजले विद्यार्थीसँग मनपरी जरिमाना असुल गरेको छ।

कोरोना महामारीका कारण समयमा नै शुल्क बुझाउन नसकेका ‘डिम्पलोमा इन फार्मेशी’र ल्याब टेक्निसियन विषय अध्ययनरत विद्यार्थीबाट मनपरीरुपमा जरिमाना असुल गरेको हो।

डिम्पोलामा इन फार्मेसीको तीन वर्षको कोर्ष पूरा गरेको शुल्क नोबेलले तीन लाख ३७ हजार रुपैयाँ तोकेको छ। तर कोरोना महामारीका कारण समयमा नै पैसा बुझाउन नपाएका विद्यार्थीसँग १ लाख २० हजारसम्म जरिमाना तिर्न ताकेता गरेको विद्यार्थीले गुनासो गरेका छन्।

नोबेलले बनाएको मापदण्डअनुसार विद्यार्थी भर्ना हुँदा १ लाख २० हजार रुपैयाँ र ३/३ महिनामा विद्यार्थीले २० हजार २ सय रुपैयाँ शुल्क बुझाउनुपर्ने हुन्छ। तर परीक्षा र्फम भर्न पुगेका विद्यार्थीसँग १ लाख २० हजार रुपैयाँसम्म जरिमाना तिर्नुपर्ने बताएको एक विद्यार्थीले बताए।

जरिमाना रकम नुबझाए ब्याक परीक्षाबाट बञ्चित गराइदिने धम्की पनि दिँदै आएको ती विद्यार्थीको भनाइ छ।

फार्मेसीका विद्यार्थीसँग जस्तै ल्याब टेक्निसियन पढ्ने विद्यार्थीसँग समेत चर्काे जरिमाना शुल्क उठाउन थालेको विराटनगरका युवा योगराज आशिष दाहालले बताए।यता नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले कलेजले तोकिएको भन्दा बढी जरिमाना नलिएको बताएका छन् । भर्नाको समयमा विद्यार्थीसँग गरिएको सम्झौता अनुसार नै जरिमाना तोकिएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.