
काठमाडौं: भारतीय चर्चित अभिनेता रजनीकांत राजनीतिमा आउने भएका छन्। उनले आफ्नै नेतृत्वमा पार्टी घोषणा गर्ने तयारी गरेका हुन्।
भारतको तमिल नाडुमा आफ्ना समर्थकहरुबाट भगवानको दर्जा पाएका अभिनेता रजनीकांत यसअघि पनि राजनीतिमा आउने चर्चा चलेको थियो। सन् २०१७ मा पनि उनी राजनीतिमा आउने भनिएको थियो।
रजनीकांतले विहीबार ट्वीट गर्दै आफ्नो पार्टी गठन हुन लागेको जानकारी दिएका छन्। भ्रष्टाचार विरुद्ध, इमानदारीता, पारदर्शीता र धर्मर्निपेक्ष खालको पार्टी बनाउने उनले बताएका छन्।
उनले उक्त घोषणा गर्नुअघि आफु निकट संगठनका नेताहरुसँग छलफल गरेका थिए।
सन् २०२१ को जनवरीमा उनले पार्टीको नाम औपचारिक रुपमा घोषणा गर्नेछन्। उनको पार्टीले तमिल नाडुमा हुने प्रदेश सभाको चुनावमा भाग लिने जनाइएको छ।
रजनीकांतले पार्टी बनाउने घोषणा गरेपछि समर्थकहरुले खुशियाली मनाएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ।
#WATCH Tamil Nadu: Fans of actor turned politician #Rajinikanth burst crackers and distributed sweets in Tiruchirappalli today.
He announced today that he will launch a political party in January and announcement regarding it will be made on December 31st. pic.twitter.com/ekRUsoHbGe
— ANI (@ANI) December 3, 2020



