हुलाकी न्यूज,जनकपुरधाम : कोरोना भाइरसको महामारीमा दशैँ भत्ता लिएको भन्दै व्यापक आलोचना खेपेका सांसदले भत्ता फिर्ता गर्ने घोषणा गरेपनि कार्यन्वयन गर्न मानेका छैनन्।

चाडपर्व खर्चबापत सांसदहरूले लिएको ५६ लाख २४ हजार ७७५ रुपैयाँ दशैंभत्ता हालसम्म सांसदहरुले फिर्ता नगरेका हुन्। भत्ता फिर्ता गर्ने मौखिक घोषणा गरेका सांसदहरुले हालसम्म फिर्ता नगरेको प्रदेशसभा सचिवालयले जनाएका  छन्।

सचिवालयका अनुसार ८८ जना सांसदले १ महिनाको पारिश्रमिक बराबर भत्ता बुझेका छन्। एक सांसदले ६१ हजार २० रुपैयाँ, दलको प्रमुख सचेतकले ६१ हजार ४८० रुपैयाँ, सत्ता पक्षको प्रमुख सचेतकले ६५ हजार ५३० रुपैयाँ, दलको नेताले ६५ हजार ५३० रुपैयाँ, दलको सचेतकले ६१ हजार ४८० रुपैयाँ, सत्ता पक्षको सचेतकले ६७ हजार २५ रुपैयाँ दशैंभत्ता बुझेका थिए।

प्रमुख प्रतिपक्षी दलको नेता ६७ हजार २५ रुपैयाँ, प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतकले ६५ हजार ५३० रुपैयाँ, विभिन्न संसदीय समितिका सभापतिले ६५ हजार ५३० रुपैयाँ, सभामुखले ६८ हजार ४८० रुपैयाँ, उपसभामुखले ६७ हजार २५ रुपैयाँ भत्ताबापत बुझेका थिए।

संसद बैठक सञ्चालन नभएका कारण भत्ता फिर्ता नभएको प्रमुख प्रतिपक्षी दल नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल बताएका हुन् । नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरी पनि आफ्नो पार्टीले दशैंभत्ता फिर्ता गर्ने निर्णय गरेको भए पनि पैसा फिर्ता भएर कहाँ पठाउने भनेर निर्णय नगरिएकाले फिर्ता हुन नसकेको बताएका  छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.