जापानको राजधानी टोक्योमा ओलम्पिकको पाँच वटा रिङ पुनःस्थापित गरिएको छ।उक्त रिङहरुलाई चार महिना पहिले मर्मतका लागी हटाइएको थियो। त्यसबेला कोरोनाको महामारीका कारण ओलम्पिकलाई अगामी वर्षका लागि रद्द गरिएको थियो। उक्त रिङहरुलाई मंगलबार पुनः टोक्योको रेन्बो ब्रीजमा ल्याइएको छ।
पाँच रिङको रङ निलो, कालो, हरियो, रातो र पहेलो रहेको छ । रिङको लम्बाई सय फिट लामो रहेको छ। रिङलाई सन् २०२० को सुरुवातमा बनाइएको थियो । महामारी सुरु भएपश्चात गत मार्च महिनामा ओलम्पिक कमिटीले एक वर्षका लागी रद्द गरेको थियो।
पुनः स्थापित गरिएको रिङले सम्पूर्ण ओलम्पिक खेलाडीमा आशा पलाएको छ। र, महामारीबीच पनि विदेशी खेलाडीहरु जापान प्रवेश गर्नेछ। महामारीलाई मध्यनजर गरी विदशबाट आउने खेलाडीहरुको तीव्र कोरोना परिक्षण र खोपको समेत व्यवस्था भएपश्चात मात्र खेलाडीहरुलाई भित्राइन छ।
एजेन्सी





