हुलाकी न्यूज,सप्तरी : – सप्तरीको रुपनी गाउँपालिका वडा न १ मा माहुरीको टोकाइबाट एक महिलाको ज्यान गएकाे छ।
घर नजिकैको खेतबारीमा गएको बेला अचानक माहुरीले टोक्दा स्थानीय राजेशकुमार यादवकी २४ वर्षीया श्रीमती रमिला देवी यादवको ज्यान गएकाे प्रहरीले जनाएको छ।
माहुरीको टोकाइबाट सख्त घाइते रमिलाको तत्कालै युनिक अस्पताल रायपुरमा उपचारको लागि भर्ना गरिएको तथा उपचारको क्रममा उनको ज्यान गएकाे इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।