हुलाकी न्यूज, जनकपुरधाम, १२ कार्तिक । सदभावना पार्टी धनुषाले पार्टीको निर्णयविपरित राष्ट्रपति निर्वाचनमा मतदान गरेकी सांसद माधवी रानी साहमाथि कारवाही गर्न केन्द्रलाई अनुरोध गरेको छ । धनुषा क्षेत्र नं. ४ को बिहिबार बसेको आकस्मिक बैठकले साहलाई साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निष्काषित गर्नुपर्ने सर्वसम्मत निर्णय गरेको हो ।
पार्टीका धनुषा अध्यक्ष संजय कुमार सिंहले जारी गरेको विज्ञप्तिमा जारी मधेश आन्दोलनलाई सफल बनाउन पार्टीका सम्पूर्ण सांगठनिक निकाय, जिल्ला कार्य समिति, क्षेत्रिय कार्य समिति, नगर कार्य समिति तथा गाँउ इकाई समितिलगायत वर्गिय मंचलाई पनि सक्रिय रुपमा परिचालन गर्ने निर्णय गरिएको उल्लेख छ ।
सांसद साहले बुधबार व्यवस्थापिका संसदमा भएको राष्ट्रपति निर्वाचन प्रक्रियामा भाग लिएकी थिइन् ।




