हुलाकी न्यूज, महोत्तरी : महोत्तरीको बर्दिबास नगरपालिका १४ मा ६ वर्षीया बालिका गुलावसा खातुनको हत्या प्रकरणमा भएको प्रदर्शनमा गोली चलाउने दुई प्रहरी जिल्ला तानिएका छन्।
इलाका प्रहरी कार्यालय बर्दिबासमा कार्यरत सई वीरेन्द्र सिंह र हवल्दार फुलगेन मण्डल जिल्ला प्रहरी कार्यालय जलेश्वर तानिएका हुन् । घटनाबारे दुबै जनामाथि अनुसन्धान भइरहेको एक प्रहरी अधिकारीले बताए ।
गत सोमबार बालिकाको शव फेला परेको थियो । त्यसपछि भएको उग्र प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर स्थानीय सञ्जय भनिने बुद्धिराज न्यौपानेको ज्यान गएको थियो । गोली लागेर घाइते भएका अन्य दुई जनाको उपचार भइराखेको छ ।
बालिका हत्या आरोपमा पक्राउ गरेका गौशालाका अरुण साहले अपराध स्वीकार गरिसकेका छन् । उनीमाथि अपहरण, हत्या, बलात्कार सहितका चार मुद्दा दर्ता भइसकेको छ।