हुलाकी न्यूज,सिरहा :सिरहा र सप्तरीमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ।

समयमा वर्षा र मौसम अनुकूल भएको तथा रोग किराको प्रकोप कम भएकाले यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो। सिरहामा सोना मन्सुरी, कान्छी, राधा १२, सावित्री, रामधान, मन्सुली, हर्दिनाथ, तरहरा–१, सुगा–३ स्थानीय वास्मतीलगायतको धान व्यापकरूपमा लगाउने गरिएको छ।

यस वर्ष सिरहामा ५४ हजार हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन मेट्रिक टनका दरले एक लाख ६२ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र सिरहाका निमित्त प्रमुख किसुनदेव यादवले बताए ।

यस्तै सप्तरीमा ६३ हजार हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन मेट्रिक टनका दरले एक लाख ८९ हजार मेट्रिक टन धान उत्पादन भएको निमित्त प्रमुख यादवले बताए ।गत वर्ष प्रतिहेक्टर दुई दशमलव ४५ मेट्रिकका दरले धान उत्पादन भएको थियो ।

यस वर्ष मौसम अनुकूल भएको, रोगकिराको प्रकोप कम भएको र समयमै पर्याप्त वर्षा भएकाले धान उत्पादन बढेको उनको भनाइ  रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.