हुलाकी न्यूज, काठमाडौं : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पत्रलाई कुण्ठा र कृत्रिम आरोपको संगालोको संज्ञा दिदै नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ३८ पृष्ठको पत्र प्रस्तुत गरेका छन्। पार्टी सचिवालय बैठकमा लिखित प्रस्ताव पेस गर्दै अर्का ओलीले प्रचण्डमाथि उक्त आरोप लगाएका हुन्।
ओलीले पेस गरेको लिखित जवाफमा प्रचण्डले वितरण गरेको ‘प्रस्ताव’को प्रस्तुति– तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गंभीर संकट निम्त्याएको उल्लेख गरिएको छ।
ओलीको पत्रमा भनिएको छ, ‘त्यसले पार्टी विधान अनुसार बैठकमा प्रस्तुत गरिने प्रस्तावको कुनै वैधानिक या राजनीतिक हैसियत नराख्ने भएकाले खासै महत्व नदिँदा पनि हुने थियो। तर त्यसमा उठाइएका सङ्गीन र भ्रमोत्पादक प्रश्नहरुलाई अनुत्तरित राखी छाड्नु पार्टी, कम्युनिष्ट आन्दोलन, देश र जनताकै अहितमा हुने भएकाले केन्द्रीय सचिवालय बैठकमा यस सम्बन्धमा आफ्ना विचारहरु प्रस्तुत गरेको छु।’
पूर्णपाठ
KP Oli's response