रमेश ठाकुर, रौतहट, १२ कार्तिक । मधेश आन्दोलनमा ज्यान गुमाएका विर मधेशी सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै तराई मधेश राष्ट्रिय अभियानका युवाहरुले बिहिबार गौरमा सांकेतिक शव प्रदर्शन गरेका छन् ।
लामो समयदेखि तराई मधेशमा जारी आन्दोलनमा सरकारको तर्फबाट मारिएका मधेशी सपुतहरुको बलिदानीलाई श्रद्धाञ्जली र सम्मान दिँदै तमरा अभियानका युवाहरुले रौतहटको सदरमुकाम गौरमा कात्रो ओढेर सांकेतिक शव प्रदर्शन गरेका हुन् । गौरको मधेशक्रान्ति चौकमा गरिएको उक्त प्रदर्शनमा मधेश आन्दोलनमा राज्यपक्षबाट निर्ममतापुर्वक मारिएका ४८ जना मधेशी सपुतहरुको सांकेतिक शव बनाई कात्रो ओढाएर रगत जस्तो देखिने रातो रंग माथि बाट छरिएको थियो ।
७५ दिनदेखि मधेशमा जारी आन्दोलनमा ४८ जनाले सहादत प्राप्त गर्दा पनि मधेशको मांग प्रति सरकार गम्भीर नदेखीएकोले देशको अन्धो र बहिरो सरकारलाई झकझक्याउनका लागि यस्तो प्रदर्शन गरिएको तराई मधेश राष्ट्रिय अभियानका जिल्ला संयोजक रविन्द्र नाथ गोपालीले बताए ।
मधेश मुक्तिका लागि भईरहेको यस आन्दोलनमा ज्यान गुमाएका मधेशी विर सहिद प्रति श्रद्धाञ्जली अर्पण गर्न तथा कानमा तेल हालेर कुम्भकर्ण जस्तै सुतेको सरकारलाई निन्द्राबाट उठाउन यो प्रदर्शन गरिएको तमरा युवा अभियानका केन्द्रीय संयोजक ललित मल्लिक सानुले बताए ।
बिहिबार दिउँसो ३ बजे देखी २ घण्टा गरिएको उक्त प्रदर्शन हेर्न सर्वसाधारणहरुको भीड लागेको थियो ।




Wealth is lost nothing lost ,
Health is lost something lost,
But character is lost everything lost !