हुलाकी न्यूज, काठमाडौं :
पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले राजतन्त्रको पक्षमा देखिएका युवाहरुप्रति आक्रोस व्यक्त गरेका छन्।

गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखान उनले आग्रह गरेका छन्।

उनले शनिवार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै आधा गिलास उपलब्धिलाई जोगाएर बाँकी गिलास भर्नुपर्ने बताएका छन्।

पछिल्लो समय राजतन्त्रको पक्षमा विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ।

उनले लेखेका छन्, ‘युवासँग आग्रहः गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊँ! अहिलेको आधा गिलास उपलब्धीलाई जोगाएर बाँकी गिलास भरौंसनकि रिसको झोकमा आधा भरिएको गिलास घोप्टाएर पूरै गिलास खाली होस्! अगाडिको स्यालसंग लड्दा पछाडि झ्यांगमा लुकेको ब्वाककसो नबिर्सौं! दुबैसककग लडेर अघिजाने साहस गरौं!’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.