हुलाकी न्यूज,काठमाडौं : न्युजिल्यान्डले पहिलो टी–ट्वान्टी क्रिकेटमा जित निकालेको छ । घरेलु टोलीले वेस्ट इन्डिजलाई पराजित गरेको हो । शुक्रबार वर्षाले प्रभावित गरेको पहिलो खेलमा न्युजिल्यान्डले वेस्ट इन्डिजलाई डीएल पद्दतिको आधारमा पाँच विकेटले हराएको हो ।

अकल्यान्डमा वेस्ट इन्डिजले दिएको १८१ रनको लक्ष्य न्युजिल्यान्डले १५ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । न्युजिल्यान्ड लागि जेम्स निशमले अविजित सर्वाधिक ४८ रन बनाए ।

 

न्युजिल्यान्डका लागि डेभोन कोन्वेले ४० रनको योगदान गरे । वेस्ट इन्डिजका ओशाने थोमसले दुई विकेट लिए । त्यस्तै सेल्डोन कट्रेल र किरन पोलार्डले समान एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले १६ ओभरमा ७ विकेट गुमाएर १८० रन बनाएको थियो । किरन पोलार्डले अर्धशतकीय पारी खेले । ३७ बल खेल खेलेका उनले ४ चौका र ८ छक्काको सहयोगमा ७५ रनको योगदान गरे । त्यस्तै आन्द्र फेल्चेरले ३४ रनको योगदान गर्दा फाबियन एलनले ३० रन बनाए ।

न्युजिल्यान्डका लागि लक्की फेर्गुसनले पाँच विकेट लिए । टिम साउथीले २ विकेट लिन सफल भए । आजको खेलमा जित निकाल्दै न्युजिल्यान्डले १–० को अग्रता बनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.