हुलाकी न्यूज,काठमाडौं : २०२० को अन्तिम चन्द्रग्रहण ३० नोभेम्बरमा लाग्दैछ। यस पटक चन्द्रग्रहण कार्तिक पूर्णिमाको दिन लाग्दैछ।

यो चन्द्र ग्रहण दिउँसो १ बजेर ४ मिनेटदेखि शुरु भएर साँझ ५ बजेर २२ मिनेटमा सकिनेछ। यो चन्द्र ग्रहण पूर्णिमा तिथिको रोहिणी नक्षत्र र वृष राशिमा हुनेछ।

चन्द्र ग्रहण एशिया, अष्ट्रेलिया, प्रशान्त महासागर र अमेरिकाका केहि भागबाट देखिनेछ। नेपालमा भने यो चन्द्रग्रहण नदेखिने बताइएको छ।









