हुलाकी न्यूज,काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सांस्कृतिक र धार्मिक केन्द्रहरु जोगाउने दायित्व सबैको भएको बताएका छन्।
मानव सभ्यताको विकासको प्रतीकका रुपमा रहेका सम्पदाहरुको संरक्षण र सम्वर्द्धनमा सबै मिलेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए। नेपालमा रहेका मठमन्दिर, गुम्बा र चैत्यहरु नेपालको मानव जाति र सभ्यताका प्रतीकहरु रहेको उल्लेख गर्दै उनले ऐतिहासिक ठाउँहरुको विकासमा सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताए।




