हुलाकी न्यूज, काठमाडौंः कोरोना महामारीको बेला विभिन्न पार्टीका सांसदहरुले दशैं भत्ता फिर्ता गरेपनि जनता समाजवादी पार्टी (जसपा)का सांसदहरुले फिर्ता गरेका थिएनन्।
जसपा सांसदहरुले भत्ता फिर्ता नरेको भन्दै आलोचना भए पछि पार्टीले संसद सचिवालयलाई पत्रचार गरेको छ।
जसपा केन्द्रीय कार्यकारिणी समितिका कार्यालय प्रमुख प्रकाश अधिकारीले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको ३ र ४ कात्तिको निर्णय अनुसार दसैं भत्ता फिर्ता गर्न सचिवालयलाई पत्र पठाएको हो।
हाल जसपाका ३४ सांसद मध्ये रेशम चौधरी जेलमा छन् भने हरिनारायण रौनियार निलम्बनमा रहेका छन्। बाँकी ३२ सांसदले दशैं भत्ता फिर्ता गर्नु पर्ने हुन्छ।