हुलाकी न्यूज,जनकपुर : बर्दिवासमा ६ वर्षकी बालिका गुलाबको बलात्कारपछि हत्या भएको विरोधमा नेपाल भारत वोर्ल्ड देवेलोप्मेंट फोरम धनुषा जिल्लाद्वारा जनकपुरको जानकी मन्दिरमा बिरोध तथा दिप प्रजवन गरियो।
विरोधसहित मृतकको अत्माको शान्तिका लागि दिप प्रजवन कार्यक्रम पनि सम्पन्न भयो । सो अवसरमा धनुषा जिल्ला अध्यक्ष रविनायकले अपराधीलाई कडा भन्दा कडा सजाँयको माग गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष नायकले यो घटनाको निष्पक्ष रुपले अनुसन्धान गरी अपराधीलाई सजाँय दिन सरकारलाइ अनुरोध गर्नुभयो । दोषीलाइ कारवाही नभएमा देशमा जनताको कानून राज र जनताको सरकारमाथि विश्वास हट्ने चेतावनी पनि उहाँले दिनु भयो।
यो घटना बर्दिबासमा सिमित मात्र नभइ नेपालीको घर-घर मा हुने खतरातर्फ सचेत गराउदै उहाँले दोषीलाइ कडा कारवाही नभएमा देशमा महिला सुरक्षित हुने छैन भन्ने गलत सन्देश जानेमा पनि सरकारी निकायको जानु पर्नेमा जोड दिनु भयो । यो घटनाले देशमा कानुनी शासन नभएको अनुभति भएको भन्दै उहाँले अब कानुनी शासन स्थापित गर्न हरेक जनतालाइ एक भइ अवाज बुलन्द गर्न अपिल पनि गर्नु भयो । समाजबाट यस्तो बिकृतिलाई सबै नागरिकले एक भएर हटाउनु पर्ने भन्दै उहाँले अपराधमुक्त समाजका लागि सबैको एकतामा जोड दिनु भयो ।






