त्रिशूलीमा  भ्यान खस्दा बेपत्ता त्यस तीनमध्ये दुईको शव फेला

हुलाकी न्युज
चितवन : त्रिशुली पिकअप भ्यान खस्दा बेपत्ता भएका तीनमध्ये दुईको शव फेला परेको हाे।

नदीमा खसेको भ्यान भित्रबाटै दुई जनाको शव निकालिएको प्रहरीले जनाएको छ।

चालक प्युठानको झिमरुक गाउँपालिका १ का २३ वर्षीय सूर्य के.सी र ३३ वर्षीया जमुना रोक्काको शव पानीभित्र रहेको जीपबाट निकालिएको शसस्त्र प्रहरीका विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका एसपी मुराली बस्नेतले जानकारी दिए ।

१५ वर्षीया विरामी जिनिसा रोक्का भने अझै बेपत्ता छिन् । उनको खोजी जारी रहेको एसपी बस्नेतले बताए ।

प्यूठानबाट बिरामी लिएर काठमाण्डौ तर्फ गइरहेको लु १च ९७३१ नम्बरको पिकअप भ्यान चितवनको इच्छाकामना- ४ बाट विहान साढे ५ बजेतिर त्रिशुली नदीमा खसेको थियो ।

उक्त दुर्घटनामा एक जना भने पौडिएर बाँच्न सफल भएका छन् । भ्यानमा सवार प्युठानका ३८ वर्षीय मुकुन्द बहादुर रोक्का नदीबाट पौडीएर बाँच्न सफल भएका हुन् । रोक्काको अवस्था अहिले सामान्य रहेको छ । उनको पूरानो मेडिकलकलेजमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.