हुलाकी न्यूज, काठमाडौं, १२ कार्तिक । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सरकारी वार्ता टोलीबीच बिहिबार भएको वार्ता फेरि अर्को वार्ताको मिति तोक्दै सकिएको छ । बिहिबारको वार्तामा सरकारी टोली र मधेशी मोर्चाबीच केही महत्वपूर्ण कुरा भएन ।

मधेशी मोर्चाको तर्फबाट वार्ता टोलीका सदस्य लालबाबु राउतले सरकारी पक्षले प्रदेशको सीमांकनसम्बन्धी केही धारणा राख्न नसकेको बताए । उनले भने, “उहाँहरुले सीमांकनसम्बन्धि केही धारणा ल्याउनु भएन ।”

दुई पक्षीय बैठकमा मधेशी मोर्चाले यस्तो वार्तामा बस्नुको कुनै औचित्य नरहेको बताउनु र सरकारी टोलीले वार्ताको लागि फेरि एउटा मिति माग्नुबाहेक बिहिबारको वार्तामा अरु कुनै पनि महत्वपूर्ण निर्णय भएनन् ।

सरकारी वार्ता टोलीका सदस्य एवं कानुन मन्त्री अग्नि खरेल वार्ताको बीचबाटै उठेर हिँडेका थिए ।

दुई पक्षीय सहमतिमा कार्तिक १५ गते अर्को वार्ताको मिति तोकिएको छ । संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष पनि रहेका सांसद राउतका अनुसार १५ गतेको वार्ता निर्णायक र अन्तिम हुन सक्छ ।

1 COMMENT

  1. puranai nahune khalko mag rakhera k garna khojeko hamro madheshi dal harule
    jantalai dhal banayera last satta settlement garera chup lagne ho ..bich ma marne hami madheshi janata

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.