हुलाकी न्यूज, जलेश्वर :
प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले महोत्तरीको जंगहा नदीमा निर्माण हुन लागेको पुल र फाटकको निरिक्षण गरेका छन्।

मझौला सिचाई परियोजना अन्तरगत झिंगा स्थान सिचाई परियोजनाको काम अगाडि बढेको छ। र, झिंगाको पूर्वी र पश्चिमी टोल जोड्न पुल निर्माणको काम हुने भएको छ।

उक्त आयोजनाहरुको निरिक्षण मन्त्री सोनलसँगै आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहाले गरेका छन्।

नदीमा फाटक निर्माण नहुँदा स्थानीय किसानहरु समस्यामा परेका थिए। निरिक्षणका क्रममा स्थानीयवासीहरुले प्रदेश सरकारद्वारा निर्माण हुन लागेको फाटक र पुलका लागि मन्त्री सोनलसहित प्रदेश सरकारलाई धन्यवाद दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.