सिरहामा लुकाई छिपाई लगाएको १५ सय अबैध गाँजा बाेट प्रहरीद्वारा नष्ट
हुलाकी न्युज ,सिरहा, मंसिर ९ गते । सिरहामा प्रहरीले ठुलो परिमाणमा लगाएका अबैध गाँजाखेती नष्ट गरेको छ।
सिरहा जिल्लाको नराह गाउँपालिका वडा नम्बर २ लामा टोलमा अबैध गाँजा खेती जिल्ला प्रहरी कार्यालय सिरहाबाट गएको प्रहरीको टोलिले नष्ट गरेको हो ।
प्रहरीले गोप्य सूचनाको आधारमा १८ जना टोलि पुगेर उक्त टोलमा विभिन्न स्थानमा लुकाई छिपाई लगाएको १५ सय गाँजाको बोट बिरुवा फडानि गरी सोही स्थानमा आगो लगाई नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।