हुलाकी न्यूज, वीरगंज, १२ कार्तिक । जारी मधेश आन्दोलनमा विभिन्न समुदाय र संघसंस्थाका व्यक्तिहरुले समर्थन जनाउने क्रम जारी रहेको छ । यसैक्रममा मधेश आन्दोलनको ७६ औं दिन बिहिबार वीरगंजमा वीरगंज रेडिमेड कटिङ मास्टर र सिलाई कारिगर संघले आन्दोलनमा समर्थन जनाउँदै विशाल जुलुस निकालेको छ ।
वीरगंजको घण्टाघरबाट निकालिएको जुलुस सीमा क्षेत्रमा रहेको मैत्री पुलमा पुगेर नाकाबन्दी र आन्दोलना ऐक्यबद्धता जनाउँदै सकिएको छ ।



