हुलाकी न्यूज, जनकपुर : कोरोना महामारीसँगै सिल गरिएको भारतसँग जोडिएको सीमा नाका तत्कालै खोल्न जनता समाजवादी पार्टी (जसपा)ले बन्द रहेको नेपाल-भारतको सीमा खुलाउन सरकारसँग माग गरेको छ। जसपा नेपालका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले आज एक विज्ञप्ति जारी गरी त्यस्तो माग गरेका हुन्।
लामोसयदेखि सीमा नाका बन्द गरिएको कारणले देशको अर्थतन्त्र धाराशायी हुनुको साथै सीमा क्षेत्र खासगरी तराई मधेशका जनताको जीवन अत्यन्त कष्ठकर हुँदै गएको जसपाको भनाई रहेको छ। यस्तै जनताको कृषि, शिक्षा, स्वास्थ्य उपचार रोजगारी, आर्थिक, समाजिक लगायतका क्षेत्रमा पनि गम्भीर समस्या भएको जसपाले जनाएका छन्।
जनताको जीवनलाई थप कष्टकर हुन नदिनका लािग सरकारले भारतसँग जोडिएका सीमानाकालाई तत्काल खुला गरी व्यवस्थित एवं सहज गर्न सो-पार्टीले सरकारसँग माग गरेको छ।
कोरोना संक्रमणलाई अझ फैलिन नदिन योजनाबद्ध रुपमा प्रभावकारी ढंगले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको जोखिम भत्ताको उपलब्धता, अस्पताल, स्वास्थ्य उपकरण, जनशक्ति र ओषधी आदिलाई उचित एवं आवश्यक व्यवस्था गर्न पनि माग गरेको छ।