हुलाकी न्यूज,काठमाडौँ : बङ्गलादेशसँग २ मैत्रिपूर्ण खेल खेलेर बिहीबार स्वदेश फर्किएका सबै फुटबल खेलाडीको कोरोना नतिजा नेगेटिभ आएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

एन्फाका अनुसार सोमबार २५ खेलाडीको स्वाब संकलन गरिएको थियो र मङ्गलबार उनीहरूको नतिजा नेगेटिभ आएको हो। उनीहरूलाई सातदोबाटो स्थित एन्फा होस्टलमा राखिएको थियो। यो नजितासँगै उनीहरूलाई १५ दिनको छुट्टी दिइएको छ।

नोभेम्बर १३ र १७ मा बङ्गलादेशको ढाकास्थित बङ्बन्धु राष्ट्रिय फुटबल मैदानमा भएका मैत्रिपूर्ण सिरिजको पहिलो खेलमा २–० ले पराजित भएको नेपालले दोस्रो खेल गोलरहित बराबरी खेलेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.