बलिउड अभिनेत्री कंगना रनौतको अर्जीमाथि आज बम्बे हाईकोर्टले सुनुवाई गर्दैछ।

कंगना र उनकी बहिनी रंगोलीले मुम्बई पुलिसको एफआईआर रद्द गर्ने अपील गरेका छन्।

एफआईआरका अनुसार दुबै जनामाथि धर्मको आधारमा मानिसलाई भड्काउने कोशिस गरेको र राजद्रोहको आरोप लागेको छ।

पुलिसले ३ पटकसम्म कंगनालई उपस्थित हुन आदेश दिएको थियो । तर उनी हिजो (सोमवार) पनि उपस्थित भएकी थिइनन्।

उनले हिजो हाईकोर्टमा एफआईआर रद्द गर्न आग्रह गरेकी थिइन्।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.