हुलाकी न्यूज, काठमाडौं, १२ कार्तिक । तराई मधेश लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले सरकारले मधेश आन्दोलनलाई सम्बोधन गर्नुसाटो इन्धनको विकल्प मात्र खोज्नु दुखद रहेको बताएका छन् । उनले सरकारले जारी आन्दोलनको राजनीतिक समाधान गर्नुसाटो पेट्रोलियम पदार्थको विकल्प खोज्नुले देशमा संकट झनै बढ्ने बताएका छन् ।
हुलाकी न्यूजसँग कुरा गर्दै त्रिपाठीले मधेश आन्दोलनलाई राजनीतिक रुपले सम्बोधन नगरेसम्म कुनैपनि विकल्प काम नलाग्ने बताए । सरकारले मधेश आन्दोलनलाई बेवास्ता गरिरहेको आरोप लगाउँदै आन्दोलनलाई झनै विस्तार गर्ने बताएका छन् । त्रिपाठीले भने, “सरकारलाई एन्टिबायोटिकको डोज पुगेको छैन, डोज अझै थप्नुपर्छ ।”
देशमा अहिले बनेको राजनीतिक समिकरण प्रतिगमनकारी र परिवर्तनविरोधी रहेको उनको दाबी छ । देशमा अहिले राष्ट्रप्रमुख, सरकारप्रमुख, सत्ता साझेदार दलहरु सबै मधेशविरोधी रहेको भन्दै उनले यो राजनीतिक समिकरणले मधेश आन्दोलनलाई सम्बोधन गर्ने र मधेशीको अधिकार सुनिश्चित गर्नेमा विश्वस्त नरहेको बताएका छन् ।
त्रिपाठीले अढाई महिनाभन्दा लामो समयसम्म आन्दोलन जारी रहँदा र नाकाबन्दीले चरम अभाव सिर्जना भइसक्दा पनि सरकारले मधेश आन्दोलनलाई गम्भीरतापूर्वक नलिएको भन्दै मुलुक अब द्वन्द्वमा फस्ने जिकिर गरे । उनले जारी आन्दोलन कुनै पनि हालतमा नरोकिने र झनै सशक्त तथा कडा बनाउने बताए ।
नेता त्रिपाठीले सरकारी वार्ता टोली पनि वार्ताका लागि गम्भीर नरहेको आरोप लगाए । उनले बिहिबारको वार्तामा पनि सरकारी टोलीले प्रदेशको सीमांकनका विषयमा ठोस एजेण्डा नल्याए आफुहरु वार्ताको लागि पुनर्विचार गर्न बाध्य हुने बताएका छन् । नेता त्रिपाठीले भने, “सरकारको रवैया यस्तै रहने हो भने हामीले धेरै कुरामा पुनर्विचार गर्नुपर्छ ।”




joker le ta joke matra garchhan
Hridesji, Namaskar and thank u very much for your observations.
If u think the antibaiotic does has not been sufficent, then tell New Delhi to increase the dose. Nepalese, I thinking, living in Tarai/Madedh, Mountain and Himal are willing to die by taking more doses of the medicine rather than surrendering to Imperial India and its current Gujarati emperor and his officials assocaited with the RAW and its Kathmandu based vice roy. Best of luck in your effort and wish u every success. Aslo a very happy Dipawali.
Dwarika Nath Dhungel
यस्ताइ वार्ता गर्दे जानेहो भने हाम्रो यो मधेशको समस्या वर्षऔ बित्दा पनि समाधान हुन सक्दैन.अब यो आर पारको युद्ध सरह नै लर्नु पर्छ.