हुलाकी न्यूज, जनकपुर : धनुषामा हलवाई समाज सेवा समिती द्वारा हलवाई जातीको पुर्वज श्री मोदनशेन महाराजज्युको जन्मजयन्ती मनाइयो।
हलवाई जातीको पुर्वज श्री १०८ श्री मोदनशेन महाराज ज्युको जन्मजयन्ती को उपलक्ष्यमा हलवाई समाज सेवा समिती (कान्यकुञ्ज) परिवार द्वारा हलवाई समाज सेवा समितीको अध्यक्ष उमेश साह ज्युको अध्यक्षमा सम्पन गरियो।

हलवाई समाज सेवा समिती र युवा मञ्च द्वारा हलवाई समाज सेवा समिती को भवनमा हरेक वर्ष अच्छे नवमीको दिन श्री मोदनशेन महाराज ज्युको जन्मजयन्तीमा धुमधामको साथ पुजा गर्दै आएको छ। तर यो वर्ष कोरोनाको महामारी भएको कारन कोरोनाको मध्यनजर गर्दै यस वर्षपनि श्री मोदनशेन महाराज ज्युको जन्म जयन्ती को अवसरमा पुजा गरि प्रसाद वितरण गरियो।
यस जन्मजयन्ती कार्यक्रमा प्रमुख अतिथी मेयर लालकिशोर साह र विशिष्ट अतिथी हलवाई समाज सेवा समितीका संरक्षण समितिका सचिव दिनेश प्रसाद साह द्वारा जनकपुरधाममा रहेको जानकी बृद्धा आश्रममा रहेकी आमाहरुलाई कम्बल वितरण गरियो।
यस कार्यक्रममा हलवाई समाज सेवा समिती का अध्यक्ष उमेश साह, उपाध्यक्ष सुरज नारायण गुप्ता, महासचिव हरिनारायण गुप्ता, सचिव अशोक प्रसाद साह, कोषाध्यक्ष अमन गुप्ता , कार्यकारिणी सदस्य हिरा साहु, कैलास साह र हिन्दु राष्ट्र परिषद का धनुषा जिल्ला अध्यक्ष संशोष साह, हलवाई समाज का युवा मञ्चका अध्यक्ष बलराम प्रसाद गुप्ता, कार्यक्रममा संयोजक सचिव तरुण साह, स-सचिव अशिष गुप्ता, काका सदस्य राहुल गुप्ता, कुनाल साह, उत्सव गुप्ता सहित स्वजाती देवनारायण साह, किशन साह, विरेन्द्र गुप्ता , राधिका गुप्ता र बाबा मोहन दास वैष्णव लगायतका उपस्थित थिए।





