हुलाकी न्यूज, जनकपुरधामः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायीय समिति सदस्य रघुबीर महासेठले कांग्रेसका नेताहरुलाई नेकपामा प्रवेश गराएका छन्।

धनुषाको मिथिला नगरपालिका ११ तुल्सी जिरेडाँडाका २ सय ९० जना जना कांग्रेस नेता कार्यकर्ताहरुलाई महासेठले नेकपामा प्रवेश गराएका हुन्।

नेकपाका नेता हरिनारायण महतोका अनुसार ठूलो संख्यामा कांग्रेसका नेता तथा कार्यकर्ताहरु नेकपामा प्रवेश गरेको हुन्। उनीहरुलाई नेता महासेठले पार्टीमा स्वागत गरेका छन्।

नेपाली कांग्रेस यथास्थितिवादी रहेको भन्दै उनीहरुले नेकपा प्रवेश गरेको सुनाए।

कार्यक्रममा मिथिला नपाका मेयर हरि नारायण महतो, प्रदेश कमिटी सदस्य मनोज खड्का, प्रदेश कमिटी सरोज कार्की, जिल्ला अध्यक्ष राजकिशोर यादवलगायतका उपस्थित थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.