हुलाकी न्यूज, लहान (सिरहा) : जनमत पार्टीका नेता विष्णुदेव चौधरीको निधन भएको छ।
सवारी दुर्घटनामा परी घाइत भएका चौधरीको सोमबार निधन भएको पार्टीले जनाएको छ।
स्वतन्त्र मधेश गठबन्धनसहित जनमत पार्टीमा सक्रिय भूमिका खेला चौधरी प्रति पार्टीले सम्वेदना प्रकट गरेको छ।
जनमत पार्टीको वरिष्ठ नेतृत्व मण्डलका सदस्य तथा जनमत पार्टी लहान नगरपालिकाका प्रमुख चौधरीको निधनप्रति पार्टी अध्यक्ष डा.सीके राउतले संवेदना व्यक्त गरेका हुन्।
नेता चौधरी केही दिनअघि सडक दुर्घटनामा घाइते भएका थिए। उपचारको क्रममा उनको निधन भएको जनाइएको छ।