हुलाकी न्यूज, गौर (रौतहट) : नेपाल–भारत सिमा नाका खुलाउन सर्वदलीय धर्ना दिइएको छ।
रौतहटको गौरमा विभिन्न पार्टीमा आवद्ध नेता तथा कार्यकर्ताहरुले सोमबार धर्ना दिएका हुन्।
लकडाउनका कारण बन्द भएको सिमा नाका हालसम्म खुलेको छैन।
सिमा नाका नखुल्दा सिमावर्ती क्षेत्रका जनताहरुलाई समस्या भएको भन्दै धर्ना दिइएको जनता समाजवादी पार्टीका युवा नेता ओम पटेलले जानकारी दिएका छन्।