
हुलाकी न्यूज, जलेश्वर (महोत्तरी): लकडाउनका कारण बन्द भएको नेपाल–भारत सिमा नाका खोल्नु पर्ने माग गर्दै नेपाली कांग्रेसले प्रदर्शन गरेको छ।
सिमावर्ती जलेश्वर नगरपालिकाको कांग्रेस नगर समितिले सिमा नाका खोल्नु पर्ने माग सहित धर्ना दिएको हो।
सोमबार जलेश्वरको खैरा चौकमा कांग्रेसले केही घण्टा धर्ना दिएको नगर सभापति अशोक कुमार साहले जानकारी दिए।
लकडाउन खुकुलो पारिए पनि महोत्तरी जिल्लाको मुल नाका मलिवारा (भिठामोड) भन्सार र सहयोगी नाकाहरु अहिलेसम्म पुर्ण रुपमा बन्द रहेको छ।
नाका बन्द हुँदा नेपाल–भारत सिमा सङ जोडिएका जिल्लाहरुमा जनजीवनमा दैनिकी समस्याहरु थपिदै गइरहेको सभापति साहले बताए।



