
हुलाकी न्यूज, कतार २१ नोभेम्बर:- विश्वको विभिन्न भागमा रहेका मधेशीहरुले मधेशको महान पर्व छठ धुमधामका साथ मनाएका छन। कतारको दोहामा २०-२१ नोभेम्बरको दिन होम साइड समुद्र तटमा र विश्वभरीमा मधेशीहरुले उत्साह पूर्वक छठ पर्व मनाएका छन ।
मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघले अमेरिका, कतार, साउदी, दुबईलगायतका देशहरुमा छठ पर्व मनाएको हो।
कतारमा भएको छठमा मधेशीहरुको उलेख्य रुपमा सहभागिता रहेको जानकारी कतारको अध्यक्ष शम्भूनाथ शाहले जानकारी गराउनु भो। कतारको दोहामा विशेष कार्यक्रम गरी एनआरएमएले छठ मनाएको छ भने अमेरिकामा पनि विशेष समारोहको आयोजना गरिएको थियो।
गैर आवासीय मधेशी संघका प्रतिनिधि र सदस्य हरु, हरुको सहभागिता रहेको थियो। त्यस्तै कतारमा रहेका अन्य मधेशी संघ संस्थाका प्रतिनिधि हरुको पनि भारी संख्यामा सहभागिता रहेको थियो।
त्यस्तै साउदीमा रहेका एनआरएमएका सदस्यहरुले पनि छठ मनाएका छन् भने दुबईमा पनि छठ मनाइएको छ। तेस्सै गरि विश्वभरी रहेका एनआरएमएका साखा स्पेन, कुवैत, भारत, सऊदी अरबिया, सायप्रस ,चीन, मलेशिया, स्वीडन, ओमान, दक्षिण कोरिया, ऑस्ट्रेलिया, संयुक्त अधिराज्य र सिंगापुरको सदस्यहरुले पनि छठ मनाएका छन।
हुलाकी न्यूजसँग कुराकानी गर्दै एनआएएमए अन्तर्राष्ट्रिय समितिका अध्यक्ष बसन्त कुशवाहाका अनुसार छठले मधेशका संस्कृतिलाई विश्वभरी जर्गेना गर्न तथा मधेशीहरुबीचको एकतालाई सुदृढ पार्न छठ पर्व आयोजना गरिएको थियो । जसअनुरुप कार्यक्रमहरु सफल भएकोमा कुशवाहाले खुशी व्यक्त गरे र उनले छठलाई प्रोत्साहन गरेकोमा सम्पूर्ण शाखा तथा सदस्यहरुलाई धन्यवाद ज्ञापनसमेत गरे।
छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यको पूजाआजा तथा अर्घ दिएर आफ्नो व्रत तोडेका छन्। उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व पनि समापन भएको छ।




